जनकपुर नै तोकियो प्रदेश २ को स्थायी राजधानी(भिडियाेसहित)

सोमबार, ३ माघ, २०७८
डिजिटल संस्करण

प्रदेश २ को राजधानी जनकपुर नै रहने भएकाे छ । सोमबार प्रदेश सभामा भएकाे मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेको हो  । कुल एक सय चार सांसद रहेका प्रदेश सभामा जनकपुरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा ७८ मत परेको थियो । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक थियो । 

राजधानीको नाम टुंगो लगाएपछि प्रदेश सभा एक घन्टाको लागि स्थगित गरिएको र आजै प्रदेशको नाम पनि टुंगो लगाउने बताइएको छ ।  

सुझावित समाचार