१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

देशभर २४८ प्रहरीमा कोरोना संक्रमण, सावधानी अपनाउन हेडक्वार्टरकाे निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:o८:oo

देशभरका विभिन्न युनिटमा कार्यरत दुई सय ४८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरी कर्मचारीमा संक्रमण देखिएको नेपाल प्रहरीले जनाएको छ। 

संक्रमितमध्ये उपत्यकाभित्र झन्डै ४० जना प्रहरीमा कोरोना संक्रमण भएको छ। भारतीय नाका क्षेत्रनजिकका युनिटमा कार्यरत प्रहरीमा बढी संक्रमण भएको छ। भिडभाड नियन्त्रण र शान्तिसुरक्षामा खटिँदा प्रहरी संक्रमित भएको नेपाल प्रहरीले जनाएको छ। यसअघि पहिलो र दोस्रो चरणको कोरोना महामारीका वेला पनि सयौँ प्रहरी कोरोना संक्रमित भएका थिए। 

पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेकाले प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयमा स्वास्थ्य मापदण्ड पालना गर्न र सावधानी अपनाउन निर्देशन दिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता मुकुन्दराज आचार्यले जानकारी दिए ।  

ad
ad