१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २ आइतबार ०६:५०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बागमती सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २ आइतबार ०६:५०:००

 बागमती प्रदेश प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बीमा शनिबार सम्पन्न खेलमा बागमतीले गण्डकी प्रदेशलाई ४० रनको अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान रक्षा गरेको हो । समूह बीमा बागमतीले चार खेलबाट ६ अंक जोडेको छ । बागमतीले खेलमा तीन जित र एक हारको सामना गरेको छ । यस समूहमा गण्डकीले तीन खेल नै गुमाएको छ । तीन हारसँगै गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ । 

ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको बागमतीले पहिलो ब्याटिङ गरी २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४३ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा गण्डकीले २० ओभरमा नौ विकेट गुमाएर एक सय तीन रन जोड्यो । बागमतीलाई अन्तिम चारको स्थान पक्का गराउनमा बलिङतर्फ नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले समान दुई–दुई विकेट लिएका थिए । नन्दनले तीन ओभरमा ११ रन खर्चेका थिए । 

टियू मैदानमा पहिलो ब्याटिङ गरेको बागमतीका सुवास खकुरेलले ३० बलमा दुई चौका र एक छक्काको सहयोगमा २७ रन बटुले । लक्कीले २१ बलमा दुई चौका प्रहार गरी १७ रन बनाए । बागमतीको धर्मराएको ब्याटिङ इनिङ्समा विपिनले सर्वाधिक ३० रनको योगदान दिएका थिए । उनले १९ बलमा तीन चौका प्रहार गरे ।

लक्ष्य पछ्याएको इनिङ्समा गण्डकीका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । गण्डकीका पाँच ब्याट्सम्यान समान दश रनमै आउट भए । विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द विके र विशाल पौडेलले १०–१० रन मात्र जोडे । सो इनिङ्समा सर्वाधिक १६ रन नै अतिरिक्तबाट आएको थियो ।