Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ३० शुक्रबार १५:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समयमै स्थानीय तहको निर्वाचन हुने गरी मिति घोषणा गर्न निर्वाचन आयोगको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ३० शुक्रबार १५:५७:००

राजनीतिक दलका नेताहरूले निर्वाचन आयोगले प्रस्तावित गरेको वैशाख १४ गतेभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्।

शुक्रबार राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा बोल्दै दलका नेताहरूले आगामी वैशाख १४ गतेभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरेको हो। निर्वाचन आयोगले यसअघि नै सरकारलाई जेठ ५ गतेअघि नै स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरूले पदवहाली गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै जेठ १४ गते एकैचरण वा दुई चरणमा गर्ने भए जेठ १४ गते र २२ गते गर्न सरकारसमक्ष प्रस्ताव गरेको थियो। 

आयोगको सो प्रस्तावलाई दलहरूले समर्थन गर्दै त्यसका लागि छिटो मिति घोषणा गर्न सरकारलाई आग्रह गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए। उनले कोरोना संकटका कारण राष्ट्रिय सभाको निर्वाचनको मतदान केन्द्र र मतदानस्थल सकेसम्म सबै जिल्लामा रहने गरी आवश्यक व्यवस्था मिलाउन पनि निर्वाचन आयोगलाई सुझाव दिइएको बताए। स्थानीय तहको निर्वाचन वैशाखका १४ गते र २२ गते गर्दा उचित हुने आयोगले प्रस्ताव गरेको लेखकले बताए। 

यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले निर्वाचन आयोगले प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनको मितिमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताए। उनले ०५४ सालमा स्थानीय तहको निर्वाचन सारे जसरी सार्न संविधानले नदिनेतर्फ सरकारलाई सचेत गराए । उपमहासचिव रिमालले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर भए पनि स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्नुको विकल्प नरहेको पनि बताए। 

बैठकमा दलका नेताहरूले उमेर पुगेका सबै नागरिकले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने गरी मतदाता नामावली संकलनको काममा तीव्रता दिन पनि आयोगको ध्यानाकर्षण गराका छन्। बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टीलगायतका १५ दल सहभागी भएका थिए। दलहरूसँगको छलफलमा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति समयमै तोक्न सरकारलाई तत्काल आग्रह गर्ने जानकारी गराएको थियो।