मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ३० शुक्रबार ०६:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसिसी बैंकको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ३० शुक्रबार ०६:३४:००

नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको ८.२४ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित भएको छ । बैंकको २४औँ वार्षिक साधारणसभाले आठ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सभाबाट पारित आठ प्रतिशत बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकको साधारणसभाले आर्थिक वर्ष ०७८/७९ को लेखा परीक्षणका लागि प्रधान एन्ड शाक्य एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।

बैंकले आर्थिक वर्ष ०७७/७८ मा एक खर्ब १० अर्ब ८० करोड निक्षेप परिचालन गरी ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले देशभरमा एक सय ३७ शाखा, १२ एक्सटेन्सन काउन्टर र एक सय १४ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।