१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ पौष २६ सोमबार ०८:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित

Read Time : < 1 मिनेट
२०७८ पौष २६ सोमबार ०८:०२:००

नेकपा एमाले लमजुङको आठाैँ अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबारदेखि सुरु भएको बन्दसत्रमा मनोनयन दर्ताका क्रममा उनीबाहेक अरू कसैको उम्मेदवारी नपरेपछि अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । सातौँ अधिवेशनको नौ वर्षपछि भएको आठौँ अधिवेशनबाट अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । ०५९ मा पाँचौँ जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटीको सदस्यमा निर्वाचित भएका अधिकारी ०६५ मा भएको छैटौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सचिवमा निर्वाचित भएका थिए ।

०६९ सातौँमा पनि सचिवमा निर्वाचित भएका हुन् । यस्तैगरी एमालेको जिल्ला उपाध्यक्षमा अखिल नेपाल महिला संघ (अनेमसंघ)की जिल्ला अध्यक्ष यशोदा रिमाल निर्विरोध निर्वाचित भएकी छिन् । बेंसीसहर नगरपालिका– ७ का वडाध्यक्ष एवं युवा संघका केन्द्रीय सचिव गोविन्द बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै रिमाल निर्विरोध निर्वाचित भएकी हुन् ।

सचिव पदमा दुईजना र उपसचिवमा चारजनाको उम्मेदवारी परेको छ । सचिवमा सुवास पौडेल र राजेन्द्र बोहराले उम्मेदवारी दिएका छन् । उपसचिवमा जितबहादुर गुरुङ, जनकराज मिश्र, विवश बुढाथोकी र जीवराज घलेको उम्मेदवारी दर्ता भएको नेकपा एमाले लमजुङको आठाैँ जिल्ला अधिवेशन निर्वाचन कमिटीले जनाएको छ।