१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २६ सोमबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २६ सोमबार o७:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्से ७३ अंकले बढ्दा कारोबार सात अर्बमाथि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २६ सोमबार o७:४६:oo

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ७३ दशमलव ०५ अंकले वृद्धि भएर दुई हजार सात सय ६५ दशमलव ५१ बिन्दुुमा पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १३ दशमलव २१ अंकले बढेर पाँच सय १९ दशमलव ३७ बिन्दुुमा पुुगेको छ ।पछिल्लो समय नेप्से सूूचकले बुुलिस ट्रेन्ड समातेको लगानीकर्ता बताउँछन् । जसका कारण लगानीकर्ता खुुलेर बजारप्रति लागेका छन् । अल्पकालीन तथा दीर्घकालीन दुवै प्रकारका लगानीकर्ता सक्रिय हुुँदा बजार सूूचक सकारात्मक हुन पुुगेको लगानीकर्ताको भनाइ छ । त्यस्तै, आजको बजारलाई थप बल पुर्‍याउनमा राष्ट्र बैंकका गभर्नर धारणाले केही अंश समेटेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर आफैँमा नराम्रो नभएको र यसलाई सकारात्मक नजरले हेर्नुुपर्ने धारणा राखेका थिए । लेखा समितिको बैंठकमा सांसदहरूले पनि पुुँजी बजारलाई सकारात्मक मान्नुुुपर्ने धारणा राखेका थिए । जसको प्रभाव पनि बजारमा परेको छ । यद्यपि, बैंकमा निक्षेप बढेको र बैंकमा कर्जा सहज हुने अनुुमान लगानीकर्ताले गर्न थालेपछि बजार बढ्न पुगेको लगानीकर्ता रामृकष्ण ढकाल बताउँछन् । बढेको बजारमा नाफा बुक गर्नेहरू बढ्दा कारोबार रकम बढेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुुई सय ३९ स्क्रिप्टको एक करोड ५० लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुुँदा सात अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार हुने अपि पावर कम्पनी रहेको छ । कम्पनीको २९ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा प्रभुु बैंक, अपर तामाकोसी हाइड्रोपावर, शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर कम्पनीको २० देखि १८ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।कारोबारमा आएका १३ वटै समूूहका सूचक सकारात्मक हुुँदा विकास बैंक, वाणिज्य बैंक र जलविद्युुत् समूूहतर्फ लगानीकर्ताको आकर्षण बढेको छ । आइतबार एक सय ८३ वटा स्क्रिप्टको सेयर मूल्य बढेको छ भने ६ वटा स्क्रिप्टको सेयर मूूल्य घट्न पुुगेको छ । 

जसमध्ये वाणिज्य बैंकतर्फका नबिल बैंकको सेयर मूूल्य घट्दा बाँकी बैंकको सेयर मूल्य बढेको छ । जसमा सेन्चुुरी बैंक र एनसिसी बैंकको सेयर मूूल्य ४ प्रतिशत बढीले बढेको छ । त्यस्तै, फाइनान्सका सबै कम्पनीको सेयर मूल्य बढेको छ । प्रोग्रेसिभ फाइनान्स र आइसिएफसी फाइनान्सको सेयर मूूल्य ९ प्रतिशत बढीले बढेको छ । निर्जीवन बिमा र जीवन बिमातर्फका सबै कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, जलविद्युुत्तर्फका कारोबारमा आएका सबै कम्पनीको सूूचक बढेको छ । नेपाल हाइड्रो डेभलपर्स र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । 

ad
ad
ad
ad