१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २४ शनिबार
  • Saturday, 28 September, 2024
२o७८ पौष २४ शनिबार o७:३o:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भेट्रान्स टेबुलटेनिस प्रतियोगिता : ४० वर्षमाथि थापा र ५० वर्षतर्फ वज्राचार्यले जिते उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २४ शनिबार o७:३o:oo

५० प्लस मिक्स डबल्समा ललितपुरका सुब्बा र पौडेलको जोडी प्रथम  

गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा बिहीवारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेश खुल्ला भेट्रान्स टेबुलटेनिस प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति कास्की र पोखरा महानगर खेलकुद विकास समितिको सहयोग तथा कास्की जिल्ला टेबुलटेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगिता अन्र्तगत ४० वर्ष माथि मेन्स सिंगल तर्फको उपाधि मोरङका विकेन थापाले जितेका छन् । एङ्किज पिङपोङ क्लबका चन्दन शाही दोस्रो हँुदा मोरङका राजेस भट्टराई र कास्कीका किसान जिसीले तेश्रो स्थान हात पारे ।

५० वर्ष माथि मेन्स सिंगलतर्फ ललितपुर टेबुलटेनिस क्लबका रोजेन्द्र वज्राचार्य प्रथम हुँदा ललितपुरकै रन्जन सुब्बा दोस्रो भए । एङ्किज पिङपोङ क्लबका कपुर शर्मा र गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ तेश्रो भए । दुबै विधाका प्रथम, दोस्रो तथा तेस्रो हुने खेलाडीहरुले क्रमश १५, १० र ५ हजार पुरस्कार पाए ।

यसैगरी ५० वर्ष माथि मिक्स डबल्स विधामा ललितपुरका रन्जन सुब्बा र सुजाता पौडेलले उपाधि जित्दा ललितपुरकै राजेन्द्र वज्राचार्य र पार्वती श्रेष्ठको जोडी दोश्रो तथा कास्कीका राम ढकाल र आशुका रन्जितकारसँगै मन्त्री गुरुङ र मुना थापाको जोडी तेश्रो भए । 

प्रथम, दोस्रो र तेस्रो हुने जोडीले क्रमश २०, १६ र ८ हजार नगद पुरस्कार पाएको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले जानकारी दिए । प्रतियोगिता समापन कार्यक्रममा पुर्व राष्ट्रिय खेलाडी विनय तुलाचन र अम्बिका राजभण्डारीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो । 

दुई दिने प्रतियोगिता गण्डकी प्रदेशका २० र देशका अन्य जिल्लाबाट आएका ४५ गरि ६५ जना खेलाडीहरुले ४० प्लस र ५० प्लस मेन्स सिङल सँगै ५० प्लस मिक्स डबल्स विधामा प्रतिस्पर्धा गरेका थिए ।