मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रामकृष्ण थापा नयाँ पत्रिका
२०७८ पौष २४ शनिबार ०६:४७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमपातले रोकिएका कन्टेनर  तातोपानी आउन थाले

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, नयाँ पत्रिका
२०७८ पौष २४ शनिबार ०६:४७:००

चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम र खासामा परेको हिमपातले रोकिएका नेपाली व्यापारीका सामान तातोपानी आउन थालेका छन् । खासादेखि न्यालमसम्म सडकमा हिउँको सतह घटेकाले १३७५ साइजका चिनियाँ टेलर खासा क्षेत्र आउन थालेका हुन् ।

खासादेखि सिँगात्सेसम्म एक सय ८३ टेलर तातोपानी आउने रुटमा क्यू लागेर बसेका छन् । पाँच दिन बन्द भएको तातोपानी नाकामा बिहीबारदेखि कन्टेनर आउन सुरु भएको हो । तर, हिमपात हुने सम्भावना रहेकाले वेलावेलामा कन्टेनर रोकिने अवस्था छ । शुक्रबारबाट नियमित राजस्व संकलनको काम भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

चाइनिज ल्होसार नजिकिएकाले लोड–अनलोड गर्ने मजदुर घर जाने तयारीमा रहेकाले केही दिनपछि रेडिमेड सामान आयात बन्द हुनेछ । खासा र केरुङका लागि क्यूमा राखिएका दुई सय ५७ गाडी डुप्लिकेट क्यूमा रहेको पाइएपछि स्थानीय सरकारले मुसा ट्रान्सपोर्टका एक सय दुई, राखेमा ट्रान्सपोर्टका ८३ र सिल्क ट्रान्सपोर्टका तीन गाडीलाई कारबाही गरेको छ । 

हिमपातले गाडी रोकिएपछि चीन सरकारको वाणिज्य विभागले कारबाही गरेको हो । यसबाट नेपाली व्यापारीलाई सामान समयमै ल्याउन सजिलो हुने भएको छ । गाडी भाडा सस्तो भए पनि लामो समय पार्किङमा बस्दा पार्किङ चार्ज बढी तिर्नुुपर्ने समस्यामा नेपाली व्यापारी थिए । डुप्लिकेट क्यूलाई कारबाही गरेपछि नेपाली व्यापारीलाई क्यारिङ खर्च पनि कम लाग्ने भएको छ ।