१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १४:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोभिड संक्रमणलाई मध्यनजर गर्दै प्रचण्डले  शुभकामना आदानप्रदान डिजिटल माध्यमबाट गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:२८:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई एवं शुभकामना आदानप्रदान भर्चुअल माध्यमबाट गर्ने भएका छन्। कोभिड संक्रमणको जोखिम र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै भौतिक रूपमा बधाई एवं शुभकामना आदानप्रदान बन्द गरिएको प्रचण्डको सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ।

‘राजनीतिक कामको व्यस्तता, भिडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ।

 

ad
ad