मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २० मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २० मंगलबार १८:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि ४३ जनाको उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २० मंगलबार १८:५o:oo

आगामी १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसवर्ष रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको लागि माघ १२ गते निर्वाचन हुँदै छ । 

मंगलबार ४३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशबाट ४३ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए । जसमध्ये एमालेबाट १९, कांग्रेसबाट ६, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ५–५ जसपा, रप्रपा र नेमकिपाबाट २–२ तथा जनमोर्चा र लोसपाबाट १–१ जनाले उम्मेदवारी दर्ता गराएको धमलाले बताए । 

निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारको विरोधमा उजुरी दिनका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय छुट्याइएको छ । बिहीबार र शुक्रबार उजुरीउपर छानबिन हुने, शुक्रबार नै उम्मेदवारको नाम प्रकाशन हुनेछ ।

शनिबार उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ । आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको धमलाले बताए ।