मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २० मंगलबार
  • Tuesday, 17 December, 2024
२o७८ पौष २० मंगलबार १७:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा तीन सदस्यका लागि ६ जनाको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २० मंगलबार १७:o८:oo

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा रिक्त हुन लागेको तीन पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तीन तथा कांग्रेस, माओवादी केन्द्र तथा एकीकृत समाजवादीका एक–एकजनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालय धनगढीले जनाएको छ।
     
एमालेले एक्लै तथा कांग्रेस, माओवादी र समाजवादीले गठबन्धन गरेर उम्मेदवारी दर्ता गरेका हुन् । गठबन्धनका तर्फबाट खुला सदस्यमा कांग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादीका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादीकी मदनकुमारी शाह ‘गरिमा’ले मनोनयन दर्ता गराएका छन् । 
    
कैलालीका मिश्र कांग्रेसमा रामचन्द्र पौडेलनिकट हुन् । केही दिनअघि भएको कांग्रेसको प्रदेश अधिवेशनमा उनी प्रदेश सभापतिमा पराजित भएका थिए । डडेल्धुराका पार्की माओवादीका केन्द्रीय सदस्य हुन् । महिलातर्फको सदस्यमा उम्मेदवारी दिएकी शाह समाजवादीको केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् ।
    
एमालेबाट खुलामा डिल्लीराज भट्ट, दलिततर्फ नरेश विक र महिलातर्फ सन्तोषकुमारी शर्मा मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए । भट्ट सुदूरपश्चिमका पुराना वामपन्थी नेता हुन् । उनी एमालेको सल्लाहकार छन् । एमाले प्रदेश कमिटी सदस्य विक बैतडीका नेता हुन् । धनगढीकी नेतृ शर्मा एमाले केन्द्रीय सदस्य हुन् ।

राष्ट्रिय सभामा सुदूरपश्चिमबाट निर्वाचित तीन सदस्यसहित २० जना सदस्यको पदावधि आगामी फागुनमा सकिँदै छ । बहालवाला सदस्यको पदावधि रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन हुनुपर्ने प्रावधानअनुसार आगामी १२ माघमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गरिएको हो ।
    
राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिमबाट दुई सय २७ मतदाता छन् । एक सय ७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५२ जना प्रदेश सभा सदस्य मतदाता छन् । सुदूरपश्चिममा गठबन्धनको बहुमत छ ।