१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १३ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १३ मंगलबार १८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी महाधिवेशन : राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथि समूहगत छलफल गर्न समय थप

समूहका प्रमुखलाई निष्कर्ष प्रस्तुत गर्न १५ मिनेट समय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १३ मंगलबार १८:२७:oo

नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्ताबेज र स्थायी कमिटी सदस्य देव गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि समूहगत छलफलको समय थप गरिएको छ। यसअघि समूहगत छलफलका लागि मंगलबारसम्मको समय दिइएकोमा अब बुधबार मध्याह्न १२ बजेसम्म समय थप गरिएको महाधिवेशन प्रचार प्रसार उपसमितिले जनाएको छ। 

उपसमितिका अनुसार समूहगत छलफलका लागि सोमबार गठन भएका २५ समूहमध्ये अधिकांशले वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन्। बाँकी समूहले बुधबार मध्याह्न १२ बजेभित्र छलफल सक्नेछन् । 

समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिहरूले प्रचण्डद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक दस्ताबेजमाथि समर्थन जनाउँदै विभिन्न सुझाब राखेका छन्। 
बुधबार दिउँसो १ बजेबाट महाधिवेशनस्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन्। प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ।
 

ad
ad
ad
ad