नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशनको मिति तय गरेको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले पुस २७ गतेका लागि बाँकी १६ जिल्लाको अधिवेशन मिति तोकेको हो।सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको अधिवेशन हुन बाँकी छ।