‘उत्कृष्ट सरकारी वकिल वर्ष २०७८’को उपाधि सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई प्रदान गरिएको छ। महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा सहन्यायाधिवक्ता रेग्मीलाई उत्कृष्ट सरकारी वकिलको उपाधि प्रदान गरिएको हो। काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत विशिष्ट पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यद्यपि, महान्यायाधिवक्ता कार्यालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भने आमन्त्रण गरेन। नेपाल बार र सर्वोच्च अदालतबाटै जबराको राजीनामाको माग भइरहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले स्थापना दिवसमा जबरालाई नबोलाएको हो।