मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ७ बुधबार १३:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बार दिवसमा सर्वोच्चदेखि बानेश्वरसम्म कानुन व्यवसायीको मार्चपास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ७ बुधबार १३:५४:००

नेपाल बार एसोसिएसनले आफ्नो स्थापना दिवस प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सुरु गरेको विरोध कार्यक्रममै सीमित हुने भएको छ। बारले आफ्नो स्थापना दिवसमा अन्य औपचारिक कार्यक्रम नगरी सर्वोच्च परिसरमा जारी धर्ना र विरोधका कार्यक्रमलाई निरन्तरता दिएको हो। 

विरोध कार्यक्रमअन्तर्गत कानुन व्यवसायीहरूले सर्वाेच्चमा धर्नासँगै बानेश्वरसम्म मार्च पास गरेका छन्। मार्चपासमा सयौँको संख्यामा कानुन व्यवसायी सहभागी भएका थिए। सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेका अनुसार यसपछि बारका पदाधिकारीले बानेश्वर बैंक्वेटमा उपत्यकाका तीन जिल्ला अदालत बार एसोसिएसन र उच्च अदालत बार एसोसिएसनले आयोजना गरेको विकृति–विसंगतिमुक्त न्यायपालिका ः बारको भूमिका विषयक विचार गोष्ठीमा सहभागी हुने कार्यक्रम रहेको छ।