मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ६ मंगलबार ०७:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई लाइफको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ६ मंगलबार ०७:५९:००

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रूपमा आयोजना गर्ने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न गरेको छ । ‘ह्यान्ड इन ह्यान्ड फर एन एक्सिलेन्ट फ्युचर’ भन्ने नारासहित कम्पनीले देशभरि रहेका २४ हजार पाँच सय अभिकर्तामध्ये आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट कार्यसम्पादन गरी आइएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल दुई सयजना क्लब दाबेदार, उत्कृष्ट आठ एजेन्सी मेनेजर, ३२ एमडिआरटीमा योग्य अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखा र कर्मचारीलाई सम्मान गरिएको हो । 

कार्यक्रममा तीन सयभन्दा बढी अभिकर्ताको उपस्थिति रहेको कम्पनीले जनाएको छ । आइएमई ग्रुपका म्यानेजिङ डाइरेक्टर हेमराज ढकाल, कम्पनीका अध्यक्ष डा. रामहरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ । 

कम्पनीले अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय ट्रेनरद्वारा एमडिआरटीलाई केन्द्रबिन्दु बनाई प्रशिक्षण दिइएको जनाइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले यस पेसालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी सदैव तयार रहेको बताए । 

यस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने उनको भनाइ थियो । फुँयालले कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्नेमा विश्वस्त रहेको बताए । कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले बिमा अभिकर्ता सम्मानजनक पेसा भएको र राष्ट्रको लागि योगदान पुर्‍याएको बताए ।