मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ३ शनिबार
  • Tuesday, 07 January, 2025
२o७८ पौष ३ शनिबार o७:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘अन्तर्जातीय  विवाह गरेको भन्दै माइती पक्षद्वारा अपहरण गरी बेपत्ता’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ३ शनिबार o७:४३:oo

अन्तर्जातीय  विवाह गरेको भन्दै  हुम्लाको एक युवकलाई केटीकाे माइती पक्षले  निर्घात  कुटपिट गर्दै अपहरण गरी बेपत्ता बनाएको परिवारको आरोप छ । सर्केगाड गाउँपालिका वडा नम्बर १ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीलाई केटी पक्षले नै बेपत्ता बनाएको उनका बुबा धनजय कामीले बताए ।

चन्द्रले मुगुको सोरु गाउँपालिका वडा नम्वर ४ लिपु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तर्जातीय विवाह गरेकै कारण केटी पक्षकाले आफ्नो  घर तोडफोड गरी छाेराबुहारीलाई  नै अपहरण गरि लगेको पीडित चन्द्रेका बुबा धनजयले गुनासाे गरे । 

‘छोराले गत मंसिर ५ गते मल्लको घरबाट भागी विवाह गरेर आफ्नो घरमा ल्यायाे ।  मंसिर २९ गते राती केटी पक्षका करिब १५ देखि २० जनासम्मको समुहले छिमेकी घरहरूमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँतीहरू फाल्दै घरपरिवारलाई निर्घात रूपमा कुटपिट गरी छाेरा र बुहारी दुवैजनालाई अपहरण गरेर लगे’,बुबा धनजय कामीले भने । 
 
घटना भएलगत्तै  आफूले पुस १ गते अर्थात् बुधबार नै प्रहरीलाई जानकारी गराएको बताए ।  घटनाका विषयमा प्रहरीलाई जानकारी आएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ खटाएको प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले बताए । उपरीक्षक शर्माका अनुसार महिला माइतीघरमै रहेको र पुरुषको खोजीकार्य भइरहेको छ ।