मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २९ बुधबार
  • Tuesday, 17 December, 2024
हेमन्त केसी जाजरकोट
२o७८ मङ्सिर २९ बुधबार o७:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आठ बुँदे  घोषणा पत्र जारी गर्दै माओवादी कर्णाली प्रदेश अधिवेशन सम्पन्न 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २९ बुधबार o७:२o:oo

नेकपा (माओवादी केन्द्र ) कर्णाली प्रदेशले आठ बुँदे घोषणा पत्र जारी गर्दै प्रथम प्रदेश अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले मुगु¸ जाजरकोट¸ सल्यान, रुकुम लगायत कर्णाली प्रदेशका विभिन्न स्थानमा भएका सडक दुर्घटनाका कारण ठुलो मानवीय क्षती भएको घटनाप्रति अधिवेशनले दुख व्यक्त गर्नुका साथ घटनाबाट प्रभावित नागरिकहरुलाई उपचार¸ उचित राहतको अविलम्ब व्यवस्था गर्न र सडक सुधार योजना कार्यान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण  गराउने निर्णय गरेको छ ।

 कोभिड १९ र यसको पछिल्लो भेरियन्ट ओमिक्रोनको सम्भावित घातक प्रभावलाई समेत मध्यनजर गर्दै यसको रोकथाम¸ नियन्त्रण¸ उपचारको  प्रभावकारी व्यवस्था गर्न र सम्पूर्ण नागरिकलाई अविलम्व खोपको व्यवस्था गर्न सबै तहका सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले जानकारी दिए। 

हालै पेट्रालियम पदार्थलगायत उपभोग्य सामग्रीहरुमा भएको मुल्यवृद्धि नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको छ । जनयुद्ध¸ जनआन्दोलन¸ प्रदेश प्राप्तिको आन्दोलनलगायत परिवर्तनकारी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने शहीद तथा बेपत्ता योद्धाका परिवारजन¸ घाइते योद्धाहरुको राहत र पुनर्स्थापनाका लागि संघीय र प्रदेश सरकारले चालु आवको बजेटबाट गरेको सम्बोधनको लागि धन्यवाद दिँदै थप सम्मान, राहत, संरक्षण र पुनस्थापनाको उचित व्यवस्थापन गर्न संघीय र प्रदेश सरकारसँग माग गरिएको छ ।

जनयुद्ध लडेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गर्ने  जनमुक्ति सेनाका योद्धाहरुको उचित सम्मानको व्यवस्था गर्न संघीय सरकारसँग माग गरेको छ । मुगु, जुम्ला हुम्ला लगायत प्रदेशका विभिन्न स्थानमा भएको आगलागी, बाढी पहिरो जस्ता विपदका घटनाप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनाका लागि यो सम्मेलन संघीय र प्रदेश सरकारको विशेष ध्यानाकर्षण गराएको छ । प्रचुर सम्भावनायुक्त तर मावन विकास सुचकांकमा पछि परेको कर्णाली प्रदेशको समृद्धि र विकासका लागि विशेष नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्था गर्न संघीय सरकारसँग माग गरिएको इन्चार्ज बस्नेतले बताए ।