१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २८ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २८ मंगलबार o७:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मोतीपुर सबस्टेसन सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २८ मंगलबार o७:३९:oo

नेपाल विद्युत् प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा ल्याएको छ । पूर्व–पश्चिम एक सय ३२ केभी प्रसारणलाइनलाई अमठवटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ । सबस्टेसनमा रहेका ३० र १६ एमभिएका पावर ट्रान्सफर्मरलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो । सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि चारवटा फिडर निकालिएको छ । यसमध्ये तीनवटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ । 

मोतीपुर सबस्टेसनबाट कपिलवस्तुको जितपुर तथा तौलिहवा र रुपन्देहीको सालझन्डी क्षेत्रमा विद्युत् आपूर्तिका लागि क्रमशः ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको छ । यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत् आपूर्ति भइरहेको थियो । लामो लाइनबाट विद्युत् आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्प–झ्याप्प बत्ती जानेलगायत समस्या थियो । अब मोतीपुर सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने र प्राविधिक चुहावट पनि घट्नेछ । सालझन्डीमा ३३/११ केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुनेछ । 

बुर्तिवाङ, पाउदी अमराई, तम्घास, सन्धिखर्क, गोरुसिंगे एक सय ३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेसन निर्माण गरिएको हो ।आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । सन्धिखर्क सबस्टेसनलाई आगामी १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । 

आयोजनाअन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्ड प्रसारणलाइनमा पर्ने एक सय ६ वटा टावरको निर्माण सम्पन्न भएको छ । यस खण्डमा पर्ने ३८ किलोमिटर प्रसारणलाइनमध्ये १३ किलोमिटर तार टाँगिएको छ । प्रसारणलाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।