१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १९:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देउवालाई भोट माग्दै सिटौलाले भने– सभापतिमा हारेको प्रधानमन्त्रीले कस्तो निर्वाचन गराउँछ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १९:४o:oo

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सभापतिमा शेरबहादुर देउवाले हार्दा आगामी निर्वाचनमा समेत असर पर्ने भन्दै देउवालाई जिताउनुपर्ने आवश्यकता रहेको बताएका छन् । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा सिटौलाले सभापतिमा देउवालाई मत हाल्न आग्रह गरे । 

उनले देउवाकै नेतृत्वमा आगामी निर्वाचनमा जानुपर्ने र सभापतिमा हारेको प्रधानमन्त्री निर्वाचनमा जाँदा मनोवैज्ञानिक रूपमा असर पर्ने तर्क गरे । एक व्यक्ति दुई कार्यकाल पार्टी सभापति हुन सक्ने व्यवस्था विधानमै भएको भन्दै उनले देउवालाई जिताउनुपर्ने जिकिर गरे ।

उनले भने, ‘प्रधानमन्त्रीलाई सभापतिमा हराउने अनि निर्वाचनमा पुग है भन्दा कस्तो निर्वाचन हुन्छ ? बुझ्नुपर्छ । उच्च मनोबल भएको प्रधानमन्त्री चाहिन्छ निर्वाचनमा । आफैँ सभापति पदमा हारेको प्रधानमन्त्री निर्वाचनमा पुगेर कस्तो निर्वाचन गर्ने ? प्रधानमन्त्री उहाँ नै बन्नुहोला, संसदीय दलको बहुमत संख्या उहाँसँगै होला । तर, ठ्याक्कै निर्वाचनको मुखमा सभापति पदमा हराएर निर्वाचनमा जाऊँ है भन्दा कस्तो सन्देश जान्छ ? मेरो आफ्नो मान्यता छ, मनोविज्ञान सबभन्दा ठूलो कुरा हो राजनीतिमा । त्यो मनोविज्ञानलाई तुसारापात हुने गरी आज हामी किन निर्णय गर्ने ? किन सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता नदिने ? के बिग्रेको छ आज हामीलाई ?’ 

सिटौलाले देउवा नेतृत्वको प्यानललाई नै मत दिएर विजयी बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे। देउवालाई सभापतिमा जिताएर उत्साहित प्रधानमन्त्री लिएर निर्वाचनमा जानुपर्नेमा उनले जोड दिए।

ad
ad