मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २५ शनिबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर २५ शनिबार o७:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसको इतर समूहमा भएन  सहमति, आज फेरि छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २५ शनिबार o७:५२:oo

कांग्रेसको इतर समूहले अझै सभापतिको साझा उम्मेदवार चयन गर्न सकेको छैन । बरु, नेताबीच तिक्तता बढ्दै छ । शुक्रबार साँझ भएको छलफलमा पनि नेताहरू सहमतिमा आउन सकेनन् । सभापतिमा दाबी गरिरहेका प्रकाशमान सिंह र डा. शेखर कोइरालाले पछि नहट्ने अडान राखेपछि शुक्रबार ‘राजनीतिबाटै बिदा लिन्छु’ भन्दै नैराश्य प्रकट गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई शनिबार बिहान केही युवा नेताले ‘अघि बढ्न’ ढाडस दिएका छन् । तर, उनी सहमतिमा मात्रै अघि बढ्न चाहेका छन् । पौडेलका लागि मैदान खाली गर्न सिंह तयार छैनन् ।

शुक्रबार साँझ अनुपम फुड ल्यान्डमा भएको छलफलमा नेता सिंहले आफू कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् । उनको अडानले रुष्ट बनेका नेता शेखर बैठक नै छाडेर हिँडेका थिए । पछि गगन थापालगायत नेताको आग्रहमा उनी फर्किएका थिए ।

स्रोतका अनुसार शेखरले पनि वरिष्ठ नेता पौडेलको नाममा सहमति जनाउने संकेत गरेका छन् । तर, प्रकाशमान अझै अडिग छन् । इतर समूह एक भएर चुनावी प्रतिस्पर्धामा जान्छ वा टुक्रिएर भन्ने यकिन भइसकेको छैन । यो समूहले पदाधिकारीका अन्य उम्मेदवारबारे अझै छलफल नै गरेको छैन ।