राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक सांसदले मन्त्री बन्न नपाउने व्यवस्था लागू गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा बोल्दै लिङ्देनले यस्तो बताएका हुन्।
उनले नेतृत्व तहमा धेरै विकृतिहरू बढेकोले त्यसलाई सुधार गर्नुपर्ने खाँचो रहेको टिप्पणी गरे। ०४७ सालयता कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको र सबैजसो पार्टी फुट्दैफुट्दै आएको बताउँदै उनले कहाँनेर चुक्यौँ भन्नेतर्फ सबैको ध्यान जानुपर्ने धारणा राखे। पार्टी ठीक ठाउँमा बस्यो भने अरू ठीक हुने उनको भनाइ छ।