मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २२ बुधबार १९:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस आचारसंहिता : मतदानस्थलमा मोबाइल लैजान नपाइने (निर्वाचन कार्यक्रमसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २२ बुधबार १९:२९:००

कांग्रेस केन्द्रीयनिर्वाचन समितिले मतदानस्थलमा मोबाइल लैजान नपाउनेसहितका प्रावधान राखेर आचारसंहिता जारी गरेको छ । १४औँ महाधिवेशनका उम्मेदवार र महाधिवेशन प्रतिनिधि, शुभेच्छुक, समर्थकलाई आचारसंहिता पालना गर्न समितिले आह्वान गरेको छ । 

मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्न समितिले अनुरोध गरेको छ । आचारसंहिता अनुसार व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचारप्रसार गर्न पाइने छैन । तर, भिजिटिङ कार्ड र सामान्य अपिल जारी गरेर प्रचारप्रसार भने गर्न पाइनेछ । महाधिवेशनस्थलको पाँच सय मिटर वरिपरि निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको ब्यानर, भित्तेलेखन, पोस्टर, तुल, पम्प्लेटआदि टाँस्न र माइकिङ गर्न मनाही गरिएको छ ।   

निर्वाचन समितिले निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरेको छ । आगामी शुक्रबार बिहान १० बजे महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशित गर्ने र सोमबार बिहान ८ बजे मतदान गर्ने तालिका छ ।