१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जीवन शर्माको भाइरल तस्बिरको वास्तविकता : अर्कैको पसलमा बसे, ख्यालख्यालमै भाइरल बने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:o८:oo

जनवादी गायक जीवन शर्माको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तस्बिरमा उनी सडकमा पसल थापेर बसेका छन्। नाङ्लो र क्रेटमा मकै, खुर्सानी र कागती बेच्न राखिएको छ। जीवन शर्मा ग्राहक कुरेर बसेझै देखिन्छ। तर, तस्बिरमा देखिने दृश्यको वास्तविकता भने फरक छ। 

खासमा उक्त पसल जीवन शर्माको होइन। उक्त पसल मैतीदेवीस्थित एक महिलाको हो। ती महिलाले सडकछेउमा पसल राखेकी थिइन्। दुई महिनाअघि सडकमा हिँड्दै गर्दा जीवन शर्मा त्यही पसलनजिक पुगे। उनले रमाइलो मान्दै केहीबेर पसलअगाडि बसेका थिए। त्यतिवेला कसैले उनको  तस्बिर खिचेको थियो। सो तस्बिर अहिले भाइरल भएको हो।
 
नयाँ पत्रिकासँग कुरा गर्दै गायक शर्माले भने, ‘खासमा त्यो पसल मेरो होइन, एकजना बहिनीले मैतीदेवीमा राख्नुभएको पसल हो, हिँड्दै जाँदा यसो रहर गर्दै म पसलमा बसेको थिएँ, त्यतिवेला सडकमा उभिएकाहरूले फोटो खिच्नुभएको थियो, अहिले भाइरल भएछ, अन्यथा नलिन अनुरोध गर्दछु।’

ad
ad