१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १८ शनिबार १६:४१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला क्रिकेट टोलीकी उपकप्तान सीताले 'फेयर ब्रेक इन्भिटेस्नल' खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १८ शनिबार १६:४१:००

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता रानामगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छिन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले हङकङमा हुन लागेको महिला क्रिकेट प्रतियोगिता 'फेयर ब्रेक इन्भिटेस्नल २०२२' खेल्ने जानकारी गराएकी हुन्।

सीताले खेल्न लागेको यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट मान्यता प्राप्त महिला ट्वान्टी–२० प्रतियोगिता हो। यससँगै उनी विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी भएकी छिन्। उक्त प्रतियोगिता आउँदो वर्षको मे १ देखि १५ तारिखसम्म हङकङमा हुँदै छ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ। भारत र पाकिस्तानका खेलाडीले समेत सहभागिता जनाउने प्रतियोगितामा सीताले खेल्ने टोलीको भने टुंगाे लागिसकेको छैन। उनलाई अन्तर्राष्ट्रिय खेलको अवसर दिलाउन क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालिले समन्वय गरेको छ।