मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १८ शनिबार
  • Tuesday, 15 July, 2025
तनहुँको शुक्लागण्डकी नगरपालिका–३ वडा कार्यालय भवनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ । तस्बिर : रासस
२o७८ मङ्सिर १८ शनिबार १३:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुकुमबासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १८ शनिबार १३:१८:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुमबासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन्।। तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको शनिबार शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोवासीका रूपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री श्रेष्ठले श्रम तथा रोजगारका क्षेत्रमा रहेका समस्या समाधान र युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि पनि कार्ययोजना बनाई कार्यान्वयन गर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले स्थानीयवासीको बेवास्ताका कारण दुलेगौँडा–हर्कपुर मोटरमार्गमा ढिलाइ भएको भन्दै आपत्ति जनाइन्। रासस