मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १६ बिहीबार १९:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १६ बिहीबार १९:०७:००

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन्। राष्ट्रपति कार्यालका अनुसार मंसिर २८ गते २ बजेका लागि संसद् अधिवेशन बोलाइएको हो। मन्त्रिपरिषद्को मंसिर १६ गतेको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउन प्रचलन छ।