१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

हुम्लामा नेपालगन्जबाट पनि चामल ढुवानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:५o:oo

 नेपालगन्जबाट पनि स्थलमार्ग भएर हुम्ला चामल पठाउन थालिएको छ । ठेकेदार कम्पनीले स्थलमार्ग भएर सोमबार मंसिरदेखि चामल लैजान थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका सूचना अधिकारी अनिलकुमार महतोले जानकारी दिए । ‘सोमबार ८१ क्विन्टल चामल हुम्ला गएको छ । हिमाली र पहाडी भेगमा ठूला ट्रक जान नसक्ने भएकाले साना ट्रकमार्फत चामल पठाएका छौँ,’ महतोले नयाँ पत्रिकासँग भने ।

ठेकेदार कम्पनीले स्थलमार्गबाट सात सय क्विन्टल चामल हुम्ला लैजान कम्पनीसँग माग गरेको छ । सूचना अधिकारी महतोले नेपालगन्जबाट हवाईमार्ग भएर पनि चामल जान थालेको बताए । सिम्रिक एयरले चामल ढुवानीको जिम्मा पाएपछि समिट एयरले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । 

सस्तो मूल्यमा ढुवानी गर्ने विमान कम्पनीलाई ढुवानीको जिम्मा नदिएर महँगोलाई दिएको भन्दै समिटले मुद्दा हालेपछि चामल ढुवानी बन्द भएको थियो । तर, अदालतले चामल पठाउन अन्तरिम आदेश दिएपछि सिम्रिक एयरले चामल ढुवानी गर्न थालेको उनले बताए । 

ad
ad