१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १३:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:३o:oo

नेकपा एमालेको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध चयन भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय सकिएपछि यी पदमा निर्विरोध भएको हो।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका हुन्। अध्यक्षमा केपी ओली र डा. भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल तथा सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन्।

ad
ad