मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका स्याङ्जा
२०७८ मङ्सिर ११ शनिबार ०९:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्याङ्जाको सभापतिमा थापा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
२०७८ मङ्सिर ११ शनिबार ०९:२९:००

नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनामा थापाले एक हजार एक सय १७ मत ल्याएर विजयी भएका हुन् ।  उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गरे । 

कुल दुई हजार दुई सय ५७ मतदातामध्ये दुई हजार दुई सय १८ मत खसेको थियो । विजयी  थापा संविधानसभा सदस्य हुन्  भने मल्ल स्याङ्जा क्षेत्र नं २ प्रदेश ख का विजयी सांसद एवं नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुन् । । दुवैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक/एकजना निर्वाचित भएका छन् । 

विजयीमध्ये थापा समूहबाट उपसभापतिमा केदार काफ्लेले एक हजार तीन सय ७० र मल्ल समूहका शेरबहादुर थापाले आठ सय ९३ मत प्राप्त गरे ।  सचिवमा थापा समूहबाट गुरुप्रसाद भट्टराई एक हजार दुई सय ९२ र मल्ल समूहबाट दामोदर लम्सालले नौ सय ३४ मत पाए भने सहसचिवमा थापा समूहबाट ध्रुवबन्धु पौडेल एक हजार एक हजार ५८ मत र मल्ल समूहबाट पृथ्वीप्रसाद पोख्रेलले नौ सय ३९ मत प्राप्त गरेका थिए।