१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२o८१ जेठ १ मंगलबार १७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेको झन्डा अब बाँदरको हातमा पुग्छ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:५९:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको झन्डा अब बाँदरको हातमा पुग्ने बताएका छन् । समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन् । 

एमालेको महाधिवेशनमा गैँडाले एमालेको झन्डा उचालेको लोगोको विषयमा टिप्पणी गर्दै नेपालले भने, ‘एमालेको झन्डा अहिले गैँडाले उचालेको छ । केही समयपछि बाँदरको हातमा पुग्छ ।’

नेपालले अहिले कुनै पार्टीसँग एकता नहुने बताए । पार्टी निर्माणको अभियानमा देशभर उत्साहजक उपस्थिति रहेको उनले बताए । साझा पार्टीको एउटा पक्षसँग एकताको कुरा भइरहेको नेपालले बताए । 

अदालतमा रहेको विवादका विषयमा पाँच दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्या सुल्झाउन सुझाब दिएको पनि नेपालले बताए ।

ad
ad