मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ९ बिहीबार १३:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यवस्थित सहर निर्माणका लागि विभिन्न आयोजनाहरू कार्यान्वयन भएका छन् : मन्त्री झाँक्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १३:o१:oo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले व्यवस्थित नयाँ सहर निर्माण गर्ने सरकारको योजना रहेको बताएकी छिन्। बिहीबारबाट ललितपुरमा सुरु भएको आवास तथा बस्तीसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘राष्ट्रिय योजना आयोगबाट तयार भएको १५ औँ योजनामा परिकल्पना गरिएको वर्तमान अवस्था र भावी मार्गचित्र नेपालको दिगो विकासको लक्ष्यहरूका साथै नेपालको अन्तर्राष्ट्रिय फोरममा गरेका प्रतिबद्धताहरू पूरा गर्नका लागि व्यवस्थित नयाँ सहरको निर्माण गर्दै समावेशी सहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरू कार्यान्वयन भएका छन्।’

नेपाल सरकारको १५ औँ योजनामा प्राकृतिक प्रकोप र मानवसिर्जित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित वासस्थान दिन कार्यक्रम बनाएको बताइन्। चालू आर्थिक वर्षका कार्यक्रमहरूमा पनि व्यवस्थित र समावेशी सहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरू रहेको उनले बताइन्। उनले प्राकृतिक प्रकोप र मानवसिर्जित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित वासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताइन्।

मन्त्री झाँक्रीले भनिन्, ‘योजनाबद्ध विकास गरी अति विपन्न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भएबमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरूमा एकीकृत बस्ती विकास कार्यक्रमहरू अगाडि सारिएको छ।