१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Saturday, 05 July, 2025
२o७८ मङ्सिर ८ बुधबार १८:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : बागलुङ -१ मा पौडेल-थापा पक्षको वर्चस्व 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार १८:o१:oo

नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गगत बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. १ मा पार्टीका वरिष्ठ  नेता रामचन्द्र पौडेल- गठन थापा पक्षको प्यानल नै विजयी भएको छ। क्षेत्र नं. १ को सभापतिमा चण्डीप्रसाद शर्मा पौडेल विजयी भएका छन्। मंगलबार भएको मतदानबाट शर्माले प्रतिस्पर्धी खडक थापालाई ४ मतले पराजित गरी क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्। 

शर्माले ४५४ मतका साथ विजयी हुँदा थापाले ४५० मत ल्याएका थिए। सचिवमा पौडेल प्यानलका  गोविन्दबहादुर पौडेल गोपाल र जयराम भारी विजयी भएका छन्। बुधबार बिहान सम्पन्न मतगणनामा पौडेलले ७ सय ७२ मत प्राप्त गर्दा भारीले ४ सय ५३ मत प्राप्त गरेका हुन्। सचिवमा पराजित नरेन्द्र कँडेलले ३ सय ७८ मत ल्याएका थिए  भने विजय शर्मा अधिकारीले २ सय ३८ मत प्राप्त गरेका थिए। त्यसैगरी सचिवका अर्का उम्मेदवार दिनेश पन्तले ९१ मत प्राप्त गरेका निर्वाचन अधिकृत अखिलनाथ शर्माले जानकारी दिए। 

सहसचिवमा विष्णुराज पौडेल र गणेश लम्साल विजयी भएका छन्। पौडेलले ५ सय ४४ र लम्सालले ४ सय ८४ मत प्रप्त गरेका थिए। पौडेल र लम्सालका प्रतिस्पर्धी दुर्गा बोहोरा र राजन चापागाईंले ३ सय ६६ र ३ सय ४९ मत प्राप्त गरेका थिए। विजयी भएका सबैले पौडेल समूहबाट उम्मेदवारी दिएका थिए। क्षेत्रीय सदस्यमा पनि पौडेल प्यानलका उम्मेदवारले चुनाव जितेका छन्। सदस्यमा टुकादेवी शर्मा आचार्य,  उमेश केसी, जयबहादुर केसी, लक्ष्मीदेवी सापकोटा, खुमराज पौडेल, गणेशदत्त पौडेल, रिवकली शर्मा, देवबहादुर थापा, शंकर शर्मा, शिव आचार्य, चक्रबहादुर खड्का, दिनानाथ गौतम, जुनु श्रेष्ठ, पुरनबहादुर शेरबुर्जा, तिलबहादुर नेपाली, र होमनाथ शर्मा निर्वाचित भएका छन्। 

महाधिवेशन प्रतिनिधिमा पनि पौडेल-थापा क्षको वर्चस्व 
क्षेत्र न.१ को महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षकै वर्चस्व रहेको छ। मंगलबार नै भएको निर्वाचनमा पौडेल र  देउवा पक्ष दुवैले प्यानल नै खडा गरेर उम्मेदवारी दिएका थिए। बुधबार बिहान सम्पन्न मतगणनामा २६ जना महाधिवेशन प्रतिनिधिमध्ये देउवा पक्षका ४ जना निर्वाचित हुँदा  पौडेल-थापा पक्षबाट सभापतिसहित २२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। 

निर्वाचित हुनेमा पौडेल-थापा पक्षका जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, प्रकाश शर्मा पौडेल, ओमकार थापा, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ, शकुन्तला शर्मा, कल्पना पाठक हमाल, पार्वती आचार्य, कमला पराजुली, भगवती शर्मा सापकोटा, उमाकान्त पौडेल, नारायण शर्मा पौडेल, विष्णु पौडेल दारी, बेमकुमारी थापा, वसन्तकुमार श्रेष्ठ, भीम श्रीस, दुर्गादेवी विश्वकर्मा, सीताराम रसाइली र प्रेमबहादुर छन्त्याल रहेका छन्। त्यसैगरी, देउवा पक्षका गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, चम्पादेवी खड्का र चिरञ्जीवी गौतम निर्वाचित भएका छन्।

केन्द्रीय सदस्य, जिल्ला सभापति र प्रदेश सभा सांसद नै पराजित 

 महाधिवेशन प्रतिनिधिमा अहिलेका आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडेल, वर्तमान जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र गण्डकी प्रदेश सांसद कोपिला बोहोरा पराजित भएका छन् । केन्द्रीय सदस्य र जिल्ला सभापति नै महाधिवेन प्रतिनिधि पराजित भएसँगै जिल्लामा शेरबहादुर देउवा समूह कमजोर बन्दै गएको छ। 

२५ जना महाधिवेशन प्रतिनिधिका लागि ५१ जनाको उम्मेदवारी परेको थियो। क्षेत्र नं. २ को भने मतगणना जारी रहेको छ।