Skip This
महानगरभित्र सञ्चालित होटेलहरूलाई ६५ प्रतिशत कर छुट
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ८ बुधबार १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महानगरभित्र सञ्चालित होटेलहरूलाई ६५ प्रतिशत कर छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार १५:३३:oo

काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित होटेलहरूलाई ६५ प्रतिशत व्यवसाय कर छुट दिने भएको छ। कोभिड– १९ का कारण धरापमा परेको होटेल व्यवसायलाई महानगरले कर छुट गर्ने निर्णय गरेको हो।

बुधबार महानगरले ‘पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि ०७८’ पनि स्वीकृत गरेको छ। आर्थिक वर्ष ०७५/७६ मा होटेल व्यवसायीहरूले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ। गत वर्ष कोभिडका कारण होटेल व्यवसाय धरापमा परेका थिए। आर्थिक ऐनमा व्यवस्था भएअनुसार यो वर्ष कर छुट गर्न लागिएको हो। व्यवसायीहरूले तिरेको करमध्ये ६५ प्रतिशत रकम कोषमा जम्मा गरिनेछ।

कोष सञ्चालनका लागि काठमाडौं महानगरका प्रमुखको अध्यक्षतामा महानगरका तर्फबाट पाँचजना र होटेल संघ नेपालका चारजना गरी नाैजनाको निर्देशक समिति बनाइनेछ। वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा र नीतिगत प्रबन्धलगायतका काम समितिले गर्नेछ। कोषमा जम्मा भएको रकमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन हुने र व्यवसायीको सामूहिक हित हुने कार्यक्रम सञ्चालन गरिनेछ।

‘करदाताले तिरेको कर, करदाताकै सेवाका लागि खर्च गर्ने नीतिअनुरूप कोष बनाइएको हो,’ महानगरका मेयर शाक्यले भने,  ‘यसबाट करको दायरामा आउन बाँकी करदाताहरू पनि दायरामा आउँछन्।’ महानगरले डाउन सिन्ड्रोम समाज, अटिजम केयर सोसाइटी नेपाल, विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र नेपाल र मस्तिष्क पक्षघात स्वाबलम्बन समूह नेपाल गरी चारवटा संस्थाहरूलाई आर्थिक अनुदान दिने निर्णय पनि गरेको छ।