१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७८ मङ्सिर ७ मंगलबार १९:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालको दाबी–महाधिवेशनपछि एमाले फुट्छ 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ मङ्सिर ७ मंगलबार १९:१६:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनपछि एमाले फुट्ने दाबी गरेका छन् । मंगलबार धनुषाको तीनकोरिया चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमालेभित्र रहेका केपी ओली प्रवृत्ति र बिचौलियाहरूको प्रवेशका कारण महाधिवेशनपछि फुट्ने निश्चित रहेको बताए । 

ओलीको दम्भ र अहंकारले लोकतन्त्र, संघीयता खतरामा परेको बताउँदै नेपालले भने, ‘ओलीको स्वेच्छाचारी, मनपरी र भ्रष्टाचार प्रवृत्तिका कारण एमाले बदनाम हुँदै छ । त्यसको परिणाम एमालेले अब आउने निर्वाचनहरूमा भोग्ने निश्चत छ ।’

ओलीको बोलीमा विश्वास गर्ने अवस्थामा अब नेपाली जनता नरहेको उनको भनाइ छ । उनले भने, ‘अब नेपाली जनताको नेकपा एकीकृत समाजवादीप्रति विश्वास बढ्दै गएको छ । हाम्रो पार्टी सदैव लोकतन्त्र, गणतन्त्र, संघीयताको पक्षमा उभिरहन्छ ।’

समाजमा रहेका विकृति, विसंगति तथा भ्रष्टाचारविरुद्ध सजग र सतर्क रहन नेपालले कार्यकर्तालाई निर्देशनसमेत दिए । पार्टी प्रवेश गरेका माओवादी केन्द्रका नेता रामचन्द्र झासहितलाई स्वागत गर्दै नेपालले भने, ‘मुलुकलाई समृद्ध, सामाजिक, आर्थिक परिवर्तनको पक्षमा हुनुहन्छ भने तपार्इंहरू पनि नेकपा एकीकृत समाजवादी पार्टीको एजेन्डा र विचारसँग जोडिनुस् ।