१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर ७ मंगलबार १६:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ मा खनाल निर्विरोध, २ मा मोक्तान निर्वाचित

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ७ मंगलबार १६:११:००

नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका छन्। उनी जिल्लाको पूर्वी क्षेत्र बकैया गाउँपालिकाका अध्यक्ष हुन्। शेरबहादुर देउवा पक्षका खनालको प्रतिस्पर्धामा देउवाइतरका खेमाबाट उम्मेदवारी परे पनि फिर्ता लिएपछि सोमबार निर्विरोध निर्वाचित भएका हुन्।

उम्मेदवारी घोषणा गरेका देउवाइतर खेमाका धर्मराज लामिछानेले उम्मेदवारी फिर्ता लिएपछि खनाल क्षेत्रीय सभापतिमा निर्विरोध भएका हुन्। सहसचिवमा इन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत निर्विरोध भएका छन्। सचिवमा कविन सांगामी र दोर्जे लामा निर्वाचित भएका छन्। देउवाइतर खेमाका रमेश ढकाल सचिवमा पराजित भए। 

यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ को सभापतिमा लोकबहादुर मोक्तान निर्वाचित भएका  छन्। मत परिणामअनुसार उनी ६ सय २० मतसहित निर्वाचित भएका हुन्। उनी देउवा पक्षका हुन्। देउवाइतर खेमाका ईश्वरराज पौडेलले तीन सय ५३ मत पाएर पराजित भए। सचिव पदमा मोक्तानको प्यानलबाट थलबहादुर थापा सन्तोष र बलराम घिमिरे विजयी भएका छन्। 

थापाले पाँच सय २७ मत र घिमिरेले चार सय ६२ मत प्राप्त गरी विजयी भएका हुन्। पौडेल प्यानलबाट उम्मेदवार बनेका रमेशकुमार थिङले तीन सय ४४ र राजकुमार ब्लोनले तीन सय ७७ मत प्राप्त गरी पराजित भए। प्रतिनिधिसभा क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको मतगणना भने जारी छ। आज मंगलबार साँझसम्म नतिजा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ।