१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका महोत्तरी
२०७८ मङ्सिर ७ मंगलबार ०६:३३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मटिहानीमा नयाँ रंगशाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
२०७८ मङ्सिर ७ मंगलबार ०६:३३:००

राष्ट्रपति विद्या भण्डारीले मटिहानीमा नवनिर्मित मटिहानी रंगशालाको उद्घाटन गरेकी छिन् । रंगशाला उद्घाटन सभालाई सम्बोधन गर्दै उनले नवनिर्मित रंगशालाले यस क्षेत्रकै खेलकुद विकासमा सहयोग पुर्‍याउने बताइन् । उनले यस क्षेत्रका युवा, किशोरकिशोरी र विद्यार्थीको खेलप्रति देखाएको आकर्षणलाई रंगशाला निर्माणले अझै उत्साह बढाउने बताइन् । राष्ट्रपति भण्डारीले मटिहानी जनक सभ्यताद्वारा प्रशिक्षित भूमि रहेको र प्राचीनकालदेखि नै तपोभूमिका रूपमा प्रसिद्ध रहेको जनाइन् ।

उनले भनिन्, ‘यो भूमि ऋषिहरूको ज्ञान, विवेचना र मिमांसाको महत्वपूर्ण थलो हो । अष्टवक्र, गार्गी, याज्ञवलक्य र मैत्रीजस्ता विद्वान् विदुषीहरूले यो भूमिमा साधना गरेको इतिहास छ ।’ यस्तै यही क्षेत्रमा रहेको तीन सय वर्ष लामो विगत बोकेको संस्कृत विद्यालयले देशमै शिक्षा क्षेत्रमा ज्योति छर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताइन् ।

राष्ट्रपति भण्डारीले रंगशाला उद्घाटनपश्चात् लक्ष्मीनारायण मन्दिर दर्शन, राजकीय संस्कृत मावि भ्रमण अवलोकनपश्चात् जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शन गरेकी थिइन् ।