पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९७ जनाको नमुना परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। सोही अवधिमा २५८ जना कोरोनामुक्त भएका छन्।
कोरोनाका कारण २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। हाल देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित छन्। हालसम्म कोरोनाका कारण ११ हजार ५ सयजनाको मृत्यु भइसकेको छ।