मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ६ सोमबार
  • Sunday, 13 July, 2025
२o७८ मङ्सिर ६ सोमबार १७:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वडाध्यक्ष र सदस्यहरूद्वारा उपमहानगरपालिकामा तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ६ सोमबार १७:४५:oo

जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष र सदस्यहरू आन्दोलनमा उत्रिएका छन्। पटकपटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइमा चासो नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले उपमहानगरपालिकाको मूलगेट र मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन्।

नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटकपटक ध्यानाकर्षण गर्दासमेत सुनुवाइ नभएपछि तालाबन्दी र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले पटकपटक आफूहरूले सफाइको लागि आग्रह गर्दा पनि मेयर साहले कुनै चासो नदिएको र कर्मचारी जनप्रतिनिधिहरूसँग अभद्र व्यवहार गर्ने गरेको बताए।

अध्यक्ष सिंहले तालाबन्दी र धर्नापछि पनि नगरपालिकाले समस्या समाधानमा चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।