मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format o७:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डिजिटल बैंकिङ सिकाउँदै ग्लोबल आइएमई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१५:oo

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकको गीतानगर र रामपुर शाखाले तीन सयभन्दा बढी आफ्ना सेवाग्राहीलाई भरतपुरमा डिजिटल बैंकिङसम्बन्धी साक्षरता प्रदान गरेको हो ।

 उक्त अवसरमा बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’का सेवाको बारेमा अनुशिक्षण गरिएको थियो । बैंकमा भौतिक रूपमा उपस्थित नभई मोबाइलकै प्रयोगबाट फन्ड ट्रान्सफर, पानी, बिजुली, इन्टरनेट, टेलिफोन, स्कुल तथा कलेजको बिल भुक्तानी सेवाहरूको बारेमा जानकारी दिएको ग्लोबल आइएमई बैंक गीतानगर शाखा प्रमुख देभेन्द्र अधिकारीले बताए ।

साथै, अत्याधुनिक भुक्तानी प्रणाली ‘क्युआर’, डेबिट तथा क्रेडिट कार्डका विषयमा पनि जानकारी गराएको थियो । ग्लोबल बैंककी बजार प्रमुख शान्ता सिवाकोटीले बैंकिङलाई प्रविधिसँग जोड्न सके कारोबार सुरक्षित र निकै सजिलो हुने भन्दै देशका देशव्यापी रूपमा कार्यक्रम आयोजना गरिएको बताइन् । चितवनको माडी र रत्ननगरमा पनि यस्तै कार्यक्रम गरिएको बैंकले जनाएको छ ।