
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन् । अर्थ मन्त्रालयका सहसचिव पोखरेलले आइतबार प्राधिकरणको अध्यक्षमा कार्यभार सम्हालेका हुन् ।
प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध उजुरी परेपछि सोमबारको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वत: निलम्बन भएका छन् । त्यसपछि मन्त्रिपरिषद्ले सोमबार नै सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो । त्यसपछि पोखरेलले मंगलबार अर्थमन्त्री विष्णु पौडेलबाट शपथग्रहण गरेर पदभार पनि गरेका हुन् ।
अध्यक्ष पोखरेलले बिमा ऐन, नियम र निर्देशिकाहरू अक्षरश: पालना गर्दै बिमा कम्पनीहरूको अनुगमन र नियमनलाई कार्ययोजनाका साथ अझै प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिए । सरकारले ल्याएका बिमासम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयनलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने पनि उनको भनाइ छ ।