मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
२o८२ असार ३२ बुधबार १o:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उच्च अदालतकाे फैसलाले कोहलपुर–सुर्खेत प्रसारणलाइन विस्तारको बाटो खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार १o:४४:oo

उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारणलाइन विस्तारको बाटो खुलेको छ । मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको हो । 

आयोजनाको काम ६ महिनाभित्र पूरा गर्ने गरी काम अघि बढाइएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन विस्तार आयोजनाका प्रमुख रवि चौधरीले बताए। वीरेन्द्रनगर नगरपालिका– ११, सुब्बाकुनाको विवाद पनि समाधान भएको छ । 

हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ । ७० करोड लागतको उक्त आयोजनाअन्तर्गत  धमाधम रुख कटान भइरहेको छ । हालसम्म पाँच हजार रुख काटिएका छन् भने अझै पाँच हजार पाँच सय रुख काट्नुपर्नेछ । आयोजना प्रमुख चौधरीका अनुसार १५६ फाउन्डेसन निर्माण गरिएको छ भने अब ६ वटा फाउन्डेसन निर्माण गरिनेछन् । हालसम्म ४० किलोमिटर तार तानिएको छ । अब १२ किलोमिटर तार तान्न बाँकी छ ।