
मधेश प्रदेश सभाको चालू पाँचौँ अधिवेशन अन्त्य गरिएको छ।
मधेश प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अधिवेशन अन्त्य गर्न सिफारिस भएबमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आजै राति १२ बजेबाट अधिवेशन समाप्त हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले चालू अधिवेशन अन्त्य गरेकी हुन्। यो निर्णय प्रदेश सभा कार्य सञ्चालन नियमावली, ०७५ को नियम ३ को उपनियम (४) बमोजिम भएको हो।
प्रदेश सभा सचिवालयका सचिव बाबुप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी गराएका छन् ।