१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ६ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ६ सोमबार o८:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्से र कारोबार दुवैमा गिरावट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ६ सोमबार o८:३४:oo

सेयर बजारमा करेक्सन भएको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार नेप्से ११ दशमलव ६० अंकले घटेर दुई हजार सात सय ५७ दशमलव ५३ बिन्दुमा आइपुगेको छ । अघिल्लो हप्ता सात अर्ब रुपैयाँमाथिको कारोबार भएकोमा बजार घटेसँगै कारोबार रकम घटेको हो । आइतबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २५ कम्पनी तथा संस्थाको कुल ७८ लाख ९४ हजार कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा चार अर्ब ३५ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको ५१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी, नेसनल हाइड्रोपावर कम्पनीको २३ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल दूरसञ्चार कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, अपर तामाकोसी हाइड्रोपावर, अरुण काबेली पावर, नबिल बैंक लिमिटेड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लुम्बिनी विकास बैंक, नेपाल लाइफ इस्योरेन्सको २२ करोडदेखि सात करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ ।

कारोबार आएका १३ वटा समूहका सूचकमध्ये जलविद्युत् समूह र उत्पादनमूलक समूहका सूचकबाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी घट्ने कम्पनीमा तेह्रथुम पावर कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य ४ दशमलव २१ प्रतिशतले घट्न पुगेको हो । आइसिएफसी फाइनान्सको ३ दशमलव ८९ प्रतिशत, प्रिमियर इन्स्योरेन्स कम्पनीको ३ दशमलव ६१ प्रतिशत, नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाको ३ दशमलव २८ प्रतिशत, मैलुङ खोला जलविद्युत् कम्पनी ३ दशमलव २८ प्रतिशतले घटेका छन् ।

 बजारका गतिविधि

  •  उन्नति सहकार्य लघुवित्तले लाभांश संशोधन गरी ३० प्रतिशत दिने भएको छ । संस्थाले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीलाई ३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले संशोधन गर्न दिएको निर्देशनपछि ३० प्रतिशत दिने प्रस्ताव गरेको हो ।
  •  एनआइसी एसिया लघुवित्तको चौधौँ साधारणसभाले कपिल ढकाल, प्रकाश बराल, विभोरकुमार अग्रवाल, दीपेश खेतानलाई संस्थापकतर्फको सञ्चालक चयन गरेको छ । त्यस्तै, साधारण सेयरधनीका तर्फबाट सुवर्ण पौडेल र अशोक अग्रवाल चुनिएका छन् । 
  •  इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २९ दशमलव १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाले २७ दशमलव ७० प्रतिशत बोनस सेयर  र  बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि लाग्ने १ दशमलव ४६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
ad
ad
ad
ad