Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
स्वर्ण विजेता मिनु गुरुङलाई पुरस्कृत गर्दै पूर्वप्रधानमन्त्री प्रचण्ड । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ४ शनिबार ०८:१५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रकाश दाहाल स्मृति बक्सिङ, आर्मीकी मिनुलाई स्वर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ४ शनिबार ०८:१५:००

नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत महिला ५४ केजीमा स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुदपरिसर हाताको कराते हलमा भएको फाइनल खेलमा मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई सहजै पराजित गर्दै स्वर्णपदक जितेकी हुन् । मिन सन् २०१९ मा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताकी स्वर्ण विजेता खेलाडी पनि हुन् । 

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले एचटुओकी अस्मिता दुवाललाई निराश पार्दै शीर्ष स्थान रक्षा गरेकी छिन् । ५० केजी तौल समूहको फाइनलमा एपिएफकी माला राईले कास्कीकी सोनिया बरुवालाई हराउँदै स्वर्ण जितिन् । 

महिलातर्फ नै ५२ केजीको उपाधि भिडन्तमा आर्मीकी ललिता महर्जनले नक्सालकी शीला राईलाई फाइनलमा हराउँदै पहिलो स्थान हात पारे । महिलामा जस्तै पुरुषमा पनि विभागीय खेलाडीकै वचस्र्व रह्यो । पुरुष ४८ केजीको फाइनलमा आर्मीका सुशील थापाले सुर्खेतका मोहन गुरुङलाई हराउँदै उपाधि जिते । यसैगरी ५१ केजीको स्वर्ण भिडन्तमा एपिएफका प्रदीप महर्जनले आर्मीका सुवास तामाङलाई निराश पारे । 

पुरुष ५४ केजी आर्मीका प्रेम चौधरीले भूपू बक्सिङका उपास गुरुङलाई फाइनलमा हराए । ५७ केजीमा एपिएफका पुरन राईले बक्समान्डुका सुरज महर्जनमाथि सहज जित निकाल्दै उपाधि हात पारे । ६० केजीको फाइनलमा बिएनकेबीका इन्द्रबहादुर सुनारले कञ्चनपुरका महेन्द्र चन्द तथा ६३.५ केजीमा एपिएफका सोनम सार्कीले आर्मीका दोलबहादुर चौधरीलाई पाखा लगाउँदै स्वर्ण जिते ।

प्रत्येक स्पर्धाका विजेताले पाँच सय युरो र उपविजेताले तीन सय युरो पाएका छन् । यसैगरी सेमिफाइनलिस्टले जनही दुई सय युरो पाएका छन् । अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) का अध्यक्ष उमार क्रेम्लेभले व्यक्तिगत रूपमा विजेता खेलाडीलाई रकम उपलब्ध गराएका हुन् । प्रतियोगिताको विजयी खेलाडी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।