१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ३ शुक्रबार २o:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बार बैठकको निर्णय : चौथो चरणको आन्दोलन घोषणा,प्रधानन्यायाधीशसँग वार्ताको औचित्य नरहेको निष्कर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार २o:३८:oo

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। नेपाल बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार बारले एकहप्ते थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। 

उपाध्यक्ष बस्यालका अनुसार मंसिर ५ गते आइतबार एकदिन प्रहरी दमनको विरोधमा देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने,मंसिर ६ मा राजनीतिक दलका नेताहरूलाई ज्ञापनपत्र बुझाउने, ७ गते नेपालभरि कानुन व्यवसायीले अदालतमा अन्तिम म्यादबाहेका कुनै मुद्दा दर्ता नगर्ने, ८ गते देशभर रहेका १८ उच्च अदालतमा विरोधसभा आयोजना गर्ने भएको हो। त्यस्तै मंसिर ९ र १० गते नेपाल बारका ९० वटै इकाइमा विरोधसभा गर्ने निर्णय गरेको छ। 

बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पठाएको वार्ताको प्रस्तावमा बारले राजीनामा नै मागिसकेपछि वार्ताको कुनै औचित्य नभएको निष्कर्ष निकालेको छ। बारले सर्वोच्च अदालत परिसरमा दिँदै आएको धर्नाको कार्यक्रम भने निरन्तर रहने जनाएको छ। ‘एकहप्ताको थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छोँ,’उनले नयाँ पत्रिकासँग भनिन,‘प्रधानन्यायाधीशको पत्रको विषयमा कुनै निर्णय भएन।हामीले राजीनामा माग गरिसकेकाले वार्तामा बस्नुको विकल्प नरहेको निष्कर्ष बैठकको रह्यो।’

ad
ad
ad
ad