१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Friday, 05 July, 2024
२o७८ मङ्सिर ३ शुक्रबार १९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दाङ कांग्रेस :  ६ प्रदेश सभा सभापतिका लागि १३ जनाको उम्मेदवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार १९:५३:oo

नेपाली कांग्रेसको ६ वटा प्रदेश सभा  निर्वाचन क्षेत्रको सभापतिका लागि दाङमा  १३  जनाको उम्मेदवारी परेको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत हुन लागेको प्रदेश सभा निर्वाचनमा १३ जनाको उम्मेदवारी परेको हो। दाङको निर्वाचन क्षेत्र नं. १ को (क) को सभापतिका लागि  ताराबहादुर डिसी र श्रीपद चौधरी, (ख) को  सभापति पदका लागि दिवाकर योगी र दिनेश गिरीले  उम्मेदवारी  दिएका छन्। 

शनिबार हुने निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं. २ को (क) को सभापति पदका लागि प्रकाश श्रेष्ठ र दुर्गा जिएमले उम्मेदवारी  दर्ता गराएका  छन्, भने  (ख) मा अभियान बस्नेत र लालबहादुर गिरीले सभापतिका लागि उम्मेदवारी  दर्ता गरेका छन्। 

त्यस्तै, दाङ निर्वाचन क्षेत्र नं. ३ को (क) को सभापति पदका लागि देवेन्द्र रिजाल र बलिराम खत्रीले उम्मेदवारी दर्ता  गराएका  छन्, भने  (ख) को सभापतिका लागि खिमबहादुर वली, टीकाराम घर्ती  र चूडामणि ढकालले उम्मेदवारी दर्ता गराएका  छन्। 
 

ad
ad
ad
ad