१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ३ शुक्रबार ०७:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दाहालले जिते ‘आइएमई डबलको डबलको डबल अफर’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ३ शुक्रबार ०७:५२:००

आइएमईले ०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका विजेता दोलखाका जीवेश दाहाल भएका छन् । प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत सार्वजनिक गरिएको नतिजामा बैतेश्वर गाउँपालिकाको मैनापोखरीका दाहाल विजेता बनेका हुन् । 

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्रान्ड एम्बासेडरद्वय दीपकराज गिरी एवं दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरेको कम्पनीले जनाएको छ । विजेता दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत एक लाख ५६ हजार पाँच सय ५८ रुपैयाँ घर पठाएका थिए । बम्पर पुरस्कारमा उनले आफूले पठाएको रकमको आठ गुणा बढी प्राप्त गरेको जनाइएको छ । बम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रापालन विस्तारमा उपयोग गर्ने बताए । उनका घरपरिवारले दोलखामा बाख्रापालन गरिरहेकाले व्यवसाय विस्तार गर्ने उनको भनाइ थियो । 

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत २० वर्षदेखि आइएमईले विदेशमा नेपालीले आर्जन गरेको रकम सहज रूपमा घर पठाउने व्यवस्था गर्दै आएको बताए । आइएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहलाई विशेष ध्यान दिएको उनको भनाइ थियो । विप्रेषण दैनिक उपभोगमा अधिक खर्च भएको देखिएको र त्यसलाई कम गर्दै प्रतिफल दिने दीर्घकालीन परियोजनामा लगानी गर्न आवश्यक रहेको उनले बताए ।   

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीसँगको सम्बन्ध अझ सुमधुर बनाउन र व्यवसाय प्रवद्र्धन गर्न प्रस्तुत कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे । गत असोज गते १ देखि कात्तिक २६ सम्म ५७ दिनका लागि प्रवर्द्धनात्मक योजना सञ्चालन गरेको थियो । जसअनुसार योजनाको आठ हप्तामा साप्ताहिक दुईजनाका दरले १६ जना, दुई महिनामा मासिक दुईजनाका दरले चारजना र बम्पर लक्की ड्रमार्फत एकजना भाग्यशाली विजेता गरी जम्मा २१ जना लाभान्वित भएको कम्पनीले जनाएको छ ।