मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर २ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २ बिहीबार १५:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मंसिर १९ देखि जुम्लामा एमबिबिएस कक्षा सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २ बिहीबार १५:१७:oo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) अध्ययनका लागि तयारी पूरा भएको छ। यसका लागि आवश्यक  कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मंसिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ।

कर्णालीमा पहिलोपटक एमबिबिएसको अध्ययन सुरुवात हुन लागेको हो। चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्तीर्ण भएका विद्यार्थी अध्ययनका लागि भर्नासमेत भइसकेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका डिन डा. रमेश भट्टराईले  १५  पूर्ण छात्रवृत्ति र पाँच  शुल्क तिरेर अध्ययन गर्ने जानकारी दिए।

प्रतिष्ठानले तीन सय  शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ। अस्पतालमा १० शय्याको सघन उपचार कक्ष (आइसियू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ। चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२  विषयगत चिकित्सक छन्। प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ (बिडिएस) पनि अध्यापन हुँदै छ। ती दुवै विषयमा  २०–२० विद्यार्थी अध्ययन गर्नेछन्।

एक वर्षदेखि प्रतिष्ठानमा एमडी पाँच अध्यापन गरिरहेका छन्। यस्तै, ब्याचलर पब्लिक हेल्थ (बिपिएच), स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ। ती विषयमा २०–२० विद्यार्थी अध्ययन गरिहेको जनाइएको छ। सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले ०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो। रासस